काठमाडौं ३ पनि रास्वपाले अग्रता लिएको छ । रास्वपाका राजु पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई २५४ मतले पछि पारेका हुन् । यसअघिस घिसिङले शुरूआतदेखि नै अग्रता लिइरहेका थिए । बिहान ५ बजेसम्मको मतगणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् । यससँगै काठमाडौंका सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । मतगणना जारी रहेको काठमाडौंका सबै क्षेत्रमा रास्...