रूपन्देही क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता बढाएको छ । रास्वपाका सुलभ खरेलले ४ हजार ७२ मत ल्याउँदा एमालेका विष्णु पौडेलले ८५४ मत ल्याएका छन् । यस्तै, कांग्रेसका चुन्न पौडेलले ५०४ मत मात्र प्राप्त गरेका छन् । यहाँ १ लाख ३५ हजार मतदाता रहेकामा ८६ हजार मत खसेको थियो ।