मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेको अग्रता, दोस्रोमा माटो

मोरङ क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारले शुरूआती अग्रता लिएका छन् । प्राप्त विवरणअनुसार रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने ९६७ मतसहित पहिलो स्थानमा रहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले पछ्याइरहेकी छिन् । लामाले ६४३ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू भने हालसम्मको गणनामा पछि देखिएका छन् । कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो ४३७ मतका साथ तेस्रो स्थानमा छन् भने एमालेका घनश्याम खतिवडा २७३ मतसहित चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्...