मोरङ–४ मा कांग्रेस महामन्त्री घिमिरे भारी मतले पछि, रास्वपाका राजवंशीको फराकिलो अग्रता

मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे निकै पछि परेका छन् । यस क्षेत्रमा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले सुरुवाती चरणदेखि नै फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार राजवंशीले ३,८५८ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका महामन्त्री प्रघिमिरेले ६९३ मत प्राप्त गरेका छन् । राजवंशी र घिमिरेबीचको मतान्तर ३,१६६ पुगेको छ । यस्तै, नेकपाका उम्मेदवार अमनलाल मोदी ६७१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका जीवन घि...