मतगणना भैरहेका २७ मध्ये २३ क्षेत्रमा रास्वपा अगाडि

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ ।  जारी मतगणनाअनुसार देशभर रास्वपाले भारी अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार अहिले २७ वटा क्षेत्रमा मतगणना चलिरहँदा रास्वपाले २३ क्षेत्रमा अग्रता लिएको छ। तीन क्षेत्रमा एमाले र एकमा कांग्रेसले अग्रता लिएको छ ।  मतगणना भैरहेका क्षेत्रमध्ये काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि छ । ललितपुर र भक्तपुरका केही क्षेत्रमा पनि रास्वपा अगाडि छ ।  काठमाडौं उपत्यकामा मात्रै होइन, देशका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि छ ।