काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले जानकारी दिए । नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेकी छन् । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।