झापा ५ मा बालेनको शुरूआती अग्रता, ओली निकै पछाडि

झापाको क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन्द्र शाह (बालेन)ले शुरूआती अग्रता लिएका छन् ।  मतगणनाको पछिल्लो मत परिणाम अनुसार २ हजार ३ सय ३ मत गणना हुँदा बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले अध्यक्ष ओलीले ३८५ मत पाएका छन् । यसैगरी, तेस्रोमा श्रम संस्कृति पार्टी छ । माटोले १३९ मत पाउँदा ताराले ५९, रुखले ४२ र हलोले २९ मत पाएको छ ।