हात्तीको आक्रमणबाट बेलबारीमा एक जनाको मृत्यु

बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सा...