सर्लाही-४ मा बिहान १० बजेपछि मात्रै मतगणना हुने भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार अझैसम्म उम्मेदवार तथा मतगणना प्रतिनिधि नियुक्त हुन नसक्दा मतगणना हुन ढिलाइ भएको हो । 'हामीले आज बिहान ८ बजेदेखि मतगणना शुरू गर्ने भनेका थियौं,’ घिमिरेले लोकान्तरसँग भने, ‘तर, अहिलेसम्म उम्मेदवारहरू आइसक्नु भएको छैन । १० बजेतिर शुरू हुन्छ होला ।’ मतगणना प्रतिनिधि नियुक्त भए लगत्तै १० बजेदेखि मतगणना शुरू हुने उनको भनाइ छ । त्यहाँ नेपाली कांग्रेसका सभाप...