रूपन्देही ४ : एमालेका यादवको अग्रता

रूपन्देही क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवारले शुरूआती अग्रता लिएका छन् । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २ हजार ६९८ मत पाएका छन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाँले १ हजार ८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९ मत ल्याएका छन् ।