दाङ-१ मा रास्वपाका देवराज पाठकको अग्रता

दाङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार देवराज पाठकले धेरै अग्रता हासिल गरेका छन्  । पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ३८१ मत ल्याउँदा कांग्रेसका योगेन्द्र चौधरीले ५७१ र एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० मत ल्याएका छन् ।  नेकपाका मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।