रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । खरेल नेकपा एमालेका विष्णु पौडेलभन्दा चार गुणाभन्दा बढीको फराकिलो मतान्तरले अगाडि छन् । १० हजार ६२९ मत गणना हुँदा रास्वपाका खरेलले ७ हजार १५१ ल्याएका छन् भने पौडेलले १ हजार ६५८ मत ल्याएका छन् । यस्तै कांग्रेसका चुन्न पौडेलले ७३४ मत ल्याएका छन् । यस्तै नेकपाका विश्वदिप पाण्डेले ३१५ मत मात्र ल्याएका छन् । यो क्षेत्रमा विष्णु पौडेलले २०६४ यताका सबै चुनाव जितेका थिए ।