झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले शुरूआती अग्रता लिएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गरेका हुन् । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । यसैगरी, क्षेत्र नम्बर २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा छिन् । उनले एक हजार ५९९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गरेका छन् ।