प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं. १ मा जारी मतगणनामा रोचक परिणाम देखिएको छ । प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता बनाएको छ। हालसम्म ८ हजार ९ सय ८२ मत गणना हुँदाको परिणामअनुसार रास्वपाका न्यौपानेले ३ हजार ३९५ मत पाएका छन्। यस्तै, दोस्रो नम्बर श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले २ हजार ३९ मत पाएकी छिन् । यो क्षेत्रबाट कांग्रेसका खड्गबहादुर फागोले १ हजार ३४६, एमालेका घनश्याम खतिवडाले १ हजार ...