बहुचर्चिच झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुक्रवार बिहान साढे १० बजेसम्मको अपडेटमा बालेनले १० हजार १ सय ९० मत पाएका छन् । निकटतम प्रतिद्वन्दी केपी शर्मा ओलीले ओली ४ हजार ८७ मत पाएका छन् । यसअघिका ३ निर्वाचनमा उनी झापा ५ बाट फराकिलो मन्तान्तरले विजयी भएका थिए ।