रौतहट-४ मा रास्वपाका पौडेलले २२ सय मत ल्याउँदा ऋषि धमला ९ मतमा सीमित

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा रौतहट क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल दुई हजार २०५ मत ल्याएर अग्रपंक्तिमा छन् ।  निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेना ६२९ र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन् । पत्रकारिता छाडेर राजनीतिमा होमिएका ऋषि धमलाले भने जम्मा ९ मत ल्याएका छन् । आम जनता पार्टीबाट चुनाव लडेका धमलाको चुनावी प्रचार लोभलाग्दो देखिए पनि त्यहाँका मतदाताले उनलाई रुचाएको देखिएन ।  यो क्षेत्रबाट २० जना उम्मेदवार थ...