मोरङका ४ वटा क्षेत्रमा रास्वपा अगाडि, एउटामा श्रम संस्कृति

मोरङका ६ वटा क्षेत्रमध्ये ५ वटा क्षेत्रमा मतगणना जारी छ ।  क्षेत्र नम्बर ६ को भने केहीबेर अगाडि मात्रै सर्वदलीय बैठक सकिएको छ ।  हालसम्म आएको प्रारम्भिक परिणाम अनुसार मोरङको १ मा रास्वपाका यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा रास्वपाकै कृष्ण कार्की, मोरङ ४ मा रास्वपाकै सन्तोष राजवंशी र मोरङ ५ मा रास्वपाकी आशा झा अग्रस्थानमा छन् ।  यस्तै, गणना भइरहेको मोरङ ३ मा भने श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि छन् । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रको अहिलेसम्म शुरूआती मतपरिणाम आएको छैन  ।