प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पहिलो जीत हासिल गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना (न्यौपाने) छोराको न्वारन सकेर विजयी जुलुसमा सहभागी हुने भएकी छिन् । काठमाडौं–१ बाट १५ हजार ४५५ मत ल्याएर विजयी भएकी दर्शनाले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘यो विजय देशको । परिवर्तन पक्षको ।’ उनले काठमाडौं–१ का मतदाताले घण्टीमा मत दिएर आफूलाई विजयी गराएकोमा धन्यवाद दिएकी छिन् । ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं ...