काठमाडौं १ मा रवीन्द्र मिश्रको लगातार तेस्रो पराजय

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रले फेरि पराजय ब्यहोरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार मिश्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु न्यौपाने 'दर्शना'सँग पराजित बनेका हुन् । अन्तिम मत परिणामअनुसार रञ्जु १४ हजार ५ सय ५५ मत प्राप्त गर्दै निर्वाचित बनेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ५५ मत ल्याए । तेस्रो स्थानमा खुम्चिएका मिश्रले ३ हजार ७...