कैलाली ३ मा मतगणना शुरू

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना शुरू भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंले मतगणना शुरू भएको जानकारी दिए । उनका अनुसार कैलारी गाउँपालिका ३ बाट मतगणना शुरू भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो । यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।