मोरङ-६ मा रास्वपाकी रुविनाभन्दा शेखर कोइराला झण्डै पाँच गुणा मतले पछाडि, कसले कति ल्याए ?

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डा. शेखर कोइराला करिब ५ गुणा मतले पछाडि परेका छन् ।  प्राप्त पछिल्लो नतिजाअनुसार रास्वपा उम्मेदवार रुविना आचार्यले तीन हजार ४२३ मत प्राप्त गरेकी छन् । कोइरालाले भने ७२८ मत मात्र पाएका छन् ।  यस्तै, तेस्रो स्थानमा एमाले छ । एमाले उम्मेदवार विनोद ढकालले ६२७ मत पाएका छन् । यहाँ श्रम संस्कृति पार्टीले ६०४ मत पाएको छ ।