काठमाडौंको मेयरमा पराजित रञ्जुको यात्रा अब संसद्‌बाट

२०७४ मा माइतीघरमा ‘प्ले कार्ड’ लिएर नाराबाजी गरिरहँदा रञ्जु न्यौपाने (रञ्जु दर्शना) २१ वर्षकी थिइन् । खरो वक्ताको रूपमा परिचित रञ्जुलाई विवेकशील नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको रूपमा उठायो । नेताहरूप्रति खरो प्रश्न गर्ने र देश हाँक्ने एजेन्डा सुनाउने उनलाई त्यो निर्वाचन फापेन । यद्यपि, उनले त्यो निर्वाचनमा तेस्रो नम्बरमा रहँदै २३ हजार चार सय ३९ मत पाएकी थिइन् । राजनीतिमा पाका भइसकेका एमालेका क्याडर विद्यासुन्दर शाक्य निर्वाचित हुँदा ‘नयाँ अनुहार’ रञ्जुले दिएको ...