दाङ क्षेत्र नम्बर ३ मा मतगणना शुरू

दाङ क्षेत्र नम्बर ३ मा मतगणना शुरू भएको छ ।  मतगणनाको शुरूआती रुझानमा यहाँ पनि रास्वपाले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका कमल सुवेदीले २४५, नेपाली कांग्रेसका दीपक गिरीले १४५ र नेकपा एमालेका घनश्याम पाण्डेले ७४ मत प्राप्त गरेका छन् । नेकपाका धनबहादुर मास्कीले १७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।