तनहुँ-१ मा रास्वपाको अग्रता कायमै, स्वर्णिम १२७१ मतले अगाडि

तनहुँ निर्वाचन क्षेत्र नं १  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायमै छ ।  मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा. स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेका छन् ।  यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् ।  यस क्षेत्रमा देवघाट ...