धनुषा-१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज गरिए पनि मतपत्रमा चुनाव चिह्न कायमै रहेको तथा खसेको मत संकेतलाई के गर्ने विषयमा विवाद हुँदा मतगणना शुरू हुन सकेको छैन । निर्वाचन आयोगले रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी बदर गरे पनि मतपत्रमा चुनाव चिह्न कायमै रहेकाले त्यसमा खसेको मतसंकेतलाई के गर्ने भन्ने अन्योल भएको निर्वाचन अधिकृत मनोज बरालले बताए । आयोगले निर्णय गरेपछि मतगणना शुरू हुने उनको भनाइ छ । यसबारे निर्णय गर्न आयोगको बैठक बसिरहेको उनले बताए । ‘निर्वाचन आयोगले रास्वपाका उ...