चितवन-२ मा रास्वपा धेरै अघि, दोस्रोका लागि कांग्रेस-एमालेबीच तीब्र प्रतिस्पर्धा

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ । यहाँ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार छन् । जारी मतगणनामा उनले ६७०० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  दोस्रोका लागि यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा छ । एमालेले अस्मिन घिमिरेले २३२९ मत ल्याउँदा कांग्रेसका मीना कुमारी खरेलले २३२२ मत पाएकी छन् । चौथो नम्बरमा रहेका नेकपाका उम्मेदवार प्रताप गुरुङले १५५८ मत पाएका छन् ।  अहिलेसम्म १४ हजार २२ मत गणना भएकोमा ५२९ मत बद...