काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्रले विजयी बनेकी रञ्जु न्यौपाने 'दर्शना'लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । काठमाडौं १ मा लगातार तेस्रो पराजय व्यहोरेपछि मिश्रले शुक्रबार शुभकामना दिँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रतिको इमान र दृढता कायम राख्न आग्रह गरेका छन् । 'प्रिय रञ्जु दर्शना जी, संभवत मैले १०/११ वर्षअघि तपाईंको यही फोटो भएको लेख शेयर गर्दै तपाईंको प्रशंसा र तपाईंप्रति आशा व्यक्त ...