नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । कांग्रेसले मुस्ताङबाट पहिलो जीत निकालेको हो । यहाँ कांग्रेसका योगेश गौचन थकाली ३३०७ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र बहादुर ज्ञवालीले जानकारी दिए । उनका अनुसार नेकपा एमालेले इन्द्रधारा डादु विष्टले १८०६ मत प्राप्त गरेका छन् । यसैगरी, रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन् । राप्रपाका कमला लालचनले १६१ मत पाएकी छन् ।