जनताले ठूलो अपेक्षासहित मतादेश दिएका छन्, हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले ठूलो अपेक्षासहित जनताले मतादेश र जिम्मेवारी दिएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामपछि प्रतिक्रिया दिँदै झाले सबैको अस्तित्वप्रति सम्मान राख्दै आफूहरू थप संयमित, उदार र जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन् ।  रास्वपाको उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन खोज्नु रहेको भन्दै पार्टीले अझै धेरै मेहनत गर्नुपर्ने उनको धारणा छ । ‘हाम्रो उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन हो, हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेता हैन, स...