झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले शुरूआती अग्रता लिएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५०, नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन् ।