तेह्रथुममा कांग्रेसको कमब्याकः भानुभक्तलाई उछिनेर सन्तोष ९१ मतले अगाडि

एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लामा नेपाली कांग्रेसले पुनः कमब्याक गरेको छ ।  पछिल्लो परिणाम अनुसार यहाँ कांग्रेसले तीन हजार ८४ मत पाएको छ ।  दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार भानुभक्त ढकालले दुई हजार ९९३ मत पाएका छन् ।  यी दुईबीचको मतान्तर ९१ रहेको छ ।  तेस्रो स्थानमा यहाँ रास्वपा छ । पार्टीबाट उम्मेदवार सुरेन्द्र कार्कीले दुई हजार ५४९ मत पाएका छन् ।  चौथो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बूले एक हजार ४४१ मत पाएका छन् ।