मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । सुरुवाती रुझान अनुसार यहाँ रास्वपा उम्मेदवार कृष्णकुमार कार्कीले एक हजार १८१ मत ल्याएका छन् । दोस्रो स्थानमा यहाँ नेकपा एमाले छ । एमाले उम्मेदवार दीलिप कुमार अग्रवालले ४४५ पाएका छन् । तेस्रो स्थानमा यहाँ कांग्रेस छ । कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालले ३६७ मत पाएका छन् ।