महोत्तरी-२ : पटक-पटक सांसद र मन्त्री बनेका भण्डारी भन्दा रास्वपाका साहको अग्रता

महोत्तरी-२ मा पटक-पटक सांसद तथा मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार शरतसिंह भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक कुमार साहभन्दा पछि परेका छन् । साहले ५५९ मतान्तरले अग्रता लिइरहेका छन् ।  मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका साहले ७२८ मत ल्याउँदा जसपाका भण्डारीले १६९ मत ल्याएका छन् ।  त्यसैगरी, नेपाली कांग्रेसकी किरण यादवले ९४ मत ल्याएकी छन् ।