सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ताले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार गुप्ताले ८५० मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामसुन्दर चौधरीले १९६ र नेकपा एमालेका रामशंकर यादवले १२७ मत प्राप्त गरेका छन् ।