कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले आफ्ना निकट्तम प्रतिद्वन्द्वी नारायण प्रकाश साउदसँग २ हजार ७४३ मतको अग्रता हासिल गरेका छन् । बोहराले ४ हजार २६८ मत पाएका छन् भने साउदले १ हजार ५२५ मत ल्याएका छन् । नेकपा एमालेका बचनबहादुर सिंह ८४७ मतसहित तेस्रो स्थानमा छन् । यसैगरी, कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि रास्वपाका उम्मेदवार जनकसिंह धामी अगाडि छन् । उनले १ हजार ८३० मत प्राप्त गरेका छन् ।  उनका निकट्तम प्रतिद्वन्द्वी नेकप...