मोरङ-३ मा रास्वपाका गणेश कार्कीको अग्रता, कांग्रेसका सुनिल दोस्रो स्थानमा

मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रता कायम गरेको छ ।  पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार गणेश कार्की १०९३ मतसहित पहिलो स्थानमा उक्लिएका छन् । कार्कीलाई नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले पछ्याइरहेका छन् । शर्माले हालसम्म ९६३ मत प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर ८९२ मतका साथ तेस्रो स्थानमा देखिएका छन् । नेकपा एमालेका उम्मेदवार इरान राई भने प्रतिस्पर्धामा निकै पछाडि देखिएका छन् । राईले हालसम्म २८६ मत म...