सप्तरी-४ मा पूर्वमन्त्री चौधरी दोस्रोमा, रास्वपाका साहको अग्रता

सप्तरी-४ मा पूर्वमन्त्री तेजुलाल चौधरी दोस्रो स्थानमा छन् ।  नेपाली कांग्रेसका उम्मेदवार चौधरीले ४६२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह १ हजार ६८५ मत ल्याएर अग्रस्थानमा छन् ।  जनता समाजवादी पार्टी (जसपा)नेपालकी बबी सिंहले ३८९, नेकपा एमालेका गंगाप्रसाद चौधरीले १०६, नेपाली कम्युनिस्ट पार्टीकी रुवीकुमारी कर्णले ४२ र जनमत पार्टीका जितेन्द्र कुमार साहले ३७ मत ल्याएका छन् ।