तेह्रथुममा ३२७ मतले अघि लागे एमालेका भानुभक्त ढकाल, रास्वपा तेस्रोमा

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यहाँ कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार एमाले उम्मेदवार भानुभक्त ढकाल अगाडि लागेका छन् । उनी ३२७ मतले अगाडि लागेका हुन् । प्राप्त तथ्याङ्कअनुसार ढकालले चार हजार १०७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सन्तोष सुब्बाले तीन हजार ७८० मत पाएका छन् । रास्वपाका सन्तोष कार्कीले तीन हजार ४०७ मत प्राप्त गरेका छन् । माटोबाट उम्मेदवार सुविन्द्रकुमार लिम्बूले १ हजार ७९७ मत पाएका छन् ।