अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसालले अग्रता लिएका छन् । उनले २ हजार ७०७ मत ल्याउँदा कांग्रेसका विष्णुप्रसाद खनालले १ हजार ३७४ र एमालेका पिताम्बर भुसालले १ हजार ३७८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले २०३ मत र जनमोर्चाका पशुपति ढकालले ६७ मत ल्याएका छन् ।