काठमाडौं ६ : रास्वपाका शिशिर खनालको २० हजारभन्दा बढी मत

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले २० हजार ९९२ मतसहित आफ्नो अग्रतालाई कायम राखेका छन् ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार अपरान्ह ४ बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण)ले पाँच हजार १२७ र नेकपा (एमाले)का अमन मास्केले तीन हजार सात मत प्राप्त गरेका छन् । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० जना उम्मेदवार छन् ।