सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम गरेका छन् ।  खड्काले ३ हजार २४५ मत मत प्राप्त गरेका छन् ।  त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले २ हजार ४५०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले २ हजार ३४७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।  उक्त निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासी छन् । एक लाख २२ हजार ९०२ मतदाता संख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।