गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतान्तर घटाउँदै गएका छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार रास्वपाका गोविन्द पन्थीले ५३६८ मतसहित अग्रता कायमै राखेका छन् । उनलाई एमालेका विष्टले पछ्याएका छन् । विष्टले ४ हजार ९९० मत प्राप्त गरेका छन् । अहिले इस्मा गाउँपालिकाको मतगणना जारी छ । यो पालिका विष्टको हो । यहाँ विष्टले अझ अन्तर घटाउने आँकलन गरिएको छ । त्यस्तै, कांग्रेसका भुवन श्रेष्ठले ४ हजार ३१ र नेकपाका श्रीराम महतले ७५८ मत प्राप्त गरेका छन् ।