ताप्लेजुङमा नेकपा एमाले क्षितिज थेबे दोस्रो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले एक हजार ३६१ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा पुगेका क्षितिजले १ हजार २०६ मत पाएका छन् । नेकपा उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले १ हजार १२३ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठले ५१८ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार मुकसाम लाबुङ लिम्बूले १७७ मत पाएका छन् ।