रूपन्देही ३ मा रास्वपाका डा. लेखजंग थापाको अग्रता

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापाले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । हालसम्म गणना भएको १५ हजार ३४१ मतमध्ये थापाले १० हजार ८४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धा गरिरहेका नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले १ हजार ३६३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले १ हजार ३१७ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गौरव बोहोराले ९५७ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल १ लाख ४० हजार ३...