कञ्चनपुर जिल्लाका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार जनक सिंह धामी, क्षेत्र-२ मा दीपक बोहरा र क्षेत्र-३ मा ज्ञानेन्द्र सिंह महताले अग्रता लिएका छन् । कञ्चनपुर-१ मा रास्वपा उम्मेदवार जनक सिंह धामीले ५ हजार ८९१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका उम्मेदवार तारा लामाले २ हजार ६१८, बिना मगरले २ हजार ३०४ र नेपाली कांग्रेसका गोपी प्रसाद उपाध्यायले १ हजार ५४५ मत प्राप्त गरेका छन् । कञ्चनपुर-२ मा रास्वपा उम्मेदवार दीपक बोहरा ९ हजार ८९० मत प्राप्त गरेका छ...