म्याग्दीमा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार पुनले ९ हजार ८ सय ८८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई बलियो बनाएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार हरीकृष्ण श्रेष्ठले ३ हजार ६ सय ५८ मतका साथ पछ्याइरहेका छन्। पुन र श्रेष्ठबिचको मतान्तर ६ हजार २ सय ३० पुगेको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्ण बहादुर भण्डारी २ हजार ३ सय २९ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापाले २ हजार ३ सय ६ मत प्राप्त गर...