बिसौँँ एसियाली खेलकुदको प्रवर्द्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो । एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ । संयोजक श्रेष्ठले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्रायः राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताए ।