कैलालीका ५ वटै क्षेत्रमा रास्वपाको शानदार अग्रता

सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले नयाँ मोड लिएको छ । अहिलेसम्मको नतिजा अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।  धनगढी उपमहानगरपालिका समेत रहेको कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अन्य सबै उम्मेदवारको मत जोड्दा पनि पुग्न नसक्ने गरी ‘कमान्डिङ’ अग्रता लिएका छन् ।  कूल १९,५०३ मत गणना हुँदा चन्दले ९,४५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली ...