राति १०ः२० को अपडेटः ८ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको ११० क्षेत्रमा अग्रता

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचनमा रास्वपाको पक्षमा सुनामी देखिएको छ भने परम्परागत दलहरूको होस हवास उड्ने गरी नतिजा आएको छ ।  हालसम्म ८ स्थानको नतिजा आउँदा रास्वपाले ४ क्षेत्रमा विजय हासिल गरेको छ । यस्तै कांग्रेसले ३ तथा नेकपाले १ स्थानमा जित हासिल गरेको छ । तर, मतगणना जारी रहँदा रास्वपाले फराकिलो मतान्तरसहित ११० स्थानमा अग्रता बनाएको छ भने कांग्रेसको मात्र १३ स्थानमा अग्रता छ ।  यस्तै नेकपाको ७, एमालेको ११ तथा श्रम संस्कृति पार्टीको ६ स्थानमा अग्रता रहेको ...