जितपछि उत्सव र र्‍याली नगर्न रास्वपाको निर्देशन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डीपी अर्यालले निर्वाचनमा विजयी उम्मेदवारलाई कुनै पनि प्रकारको विजय उत्सव, र्‍याली वा अबिर जात्रा नगर्न निर्देशन दिएका छन्। शुक्रबार सार्वजनिक एक सन्देशमा अर्यालले देशैभरबाट घण्टी चुनाव चिह्न लिएर निर्वाचित भएका र हुने क्रममा रहेका उम्मेदवारलाई यस्तो आग्रह गरेका हुन्। उनले निर्वाचन जितेपछि गरिने तामझामपूर्ण उत्सवभन्दा जनताले दिएको जिम्मेवारी र कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। अर्यालले देशमा सुशासन एवं भ्रष्टाचार अन्त्यक...